images
images

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल चैत ८ देखि १७ गतेसम्म हुने

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गरि प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने जानकरी दिएको छ ।

दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए । टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको हो ।

प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने उनले बताए ।

यस्तो छ खेल तालिका

२२ मार्च : नेपाल भर्सेस लाओस

२५ मार्च : भुटान भर्सेस लाओस

२८ मार्च : नेपाल भर्सेस भुटान

३१ मार्च : फाइनल