images

राष्ट्रपति पौडेलको पहिलो काम गैरआवासीय नेपाली राजदूत नियुक्त (विज्ञप्ति सहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्का अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।