images

प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले फुलहमलाई ३-० गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
जितसँगै आर्सनलले २७ खेलमा ६६ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा कायम रहेको छ ।

फुलहम ३९ अंक जोडेर आठौं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

यस्तै वेस्ट ह्याम र एस्टन भिल्लाबीचको खेल १-१ गोलको बराबरी भएको छ ।