images

ए डिभिजन लिगः तेस्रो चरणको समीक्षा

काठमाडौं । एक जित र एक बराबरीले तनावग्रस्त थ्रिस्टारलाई खुमलटार माथिको जित कति आवश्यक थियो भन्ने कुरा प्रशिक्षक मेघराज केसीको अनुहारले प्रष्टै जनाउँथ्यो।

प्रतियोगिताको महत्वपूर्ण समयमा मार्टिन अजयिको लय फर्किनु थ्रिस्टारको‌लागि‌ ठुलो राहत हो। खुमलटारलाई‌ हराउँदा दुबै गोल उनले नै गरे। मेघराजको‌ अन्डरमा मार्टिन डिफरेन्ट ब्रिड बन्छन्। तर यो जितमा ठुलो हकदार मिडफिल्डर लकेन लिम्बु पनि हुन्।

थ्रीस्टारको जर्सीमा अहिलेसम्मकै उत्कृष्ट खेल उनले देखाए। युवाहरुलाई भरोसा गर्न मेघराज पछि हट्दैनन्। उनले लकेनलाई आउट एन इन मिडफिल्डरको‌ रुपमा फ्रि छोडेका थिए। दवावबिना खेलेका लकेनले राम्रा थ्रुबल उपलब्ध गराए। अब आउने खेलसम्म यति त सोच्न सकिन्छ कि लकेन र मार्टिन अजयिको डुव वाम अफ द मस्ट डेन्जर्स डुव बनिसकेको छ।

५४ औं मिनेटमा‌ लकेनकै असिस्टमा मार्टिन कायोडे अजाइले गोल गरे। ८३ औं मिनेटमा अजाइले डिबक्स निजकैबाट सेकेन्डबारमा गरेको मिठो प्रहारले उनि फर्ममा फर्केको देखाउँछ जसले गर्दा थ्रिस्टार उत्साहित छ।

खुमलटारमा समस्या गहिरिँदै गएको छ। यसलाई चाँडै फिल अप नगर्ने हो भने खुमलटारको बि डिभिजन देखिको सुपरहिट स्टोरीको ए डिभिजनमा आएर द एन्ड फ्लप हुन सक्छ। सेकेन्ड राउन्डमा डिफेन्स कमजोर देखिएको थियो तर थर्ड राउन्डमा त आसालाग्दो अट्याक पनि फ्ल्याट बन्यो।

खेलको पहिलो मिनेटमै खुमलटारका राजिभ लोप्चनले मिस गरेर सुरु भएको सिलसिला ३० औं मिनेटमा स्टेफन बिनोङको‌ मिस हुँदै अन्तिमसम्ममा ९ सटमा ३ सटमात्र अन टार्गेट थियो। लगातार मेसुके र बिनोङलाई लङबल खेलाउँदा बल पोसेसन चाँडै गुमाइरहेको छ त्यसले गर्दा फ्रस्ट्रेसन पनि बढिरहेको छ‌।

खुमलटारका खेलाडीहरु थ्रिस्टारसँगको खेलमा मात्र १८ वटा फउल गर्न पुगे। गोलकिपरको समस्या पनि देखिन्छ।सहायक प्रशिक्षक मदन सुब्बाले थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो विदेशी खेलाडी मेसोके ओलोमोउमाथि अपशब्द प्रयोग गरेको आरोप लगाएको बिषयले‌ पनि थर्ड राउन्डमा मजाले ठाउँ पायो। यसले खेलाडीको‌ मोरल डाउन पारेको उनको भनाई थियो। तर यो कुरालाई मेघराजले खण्डन गरिसकेका छन्। जे होस् खुमलटार आसावादि छ कि उसका केहि घाइते खेलाडी फर्किनेछन् र उपाधिकै लागि खेल्नेछन्। खुमटारले यसअघि चर्च ब्वाइज युनाइटेडसँग ३–१ को हार ब्यहोरेको थियो।

लिग लिडर चर्च ब्वाईजले आफ्नो अपराजित यात्रा जारी नै राखेको छ र उपाधिको दाबेदार बनेको छ। तीन खेलमा नौ अंक जोडिसकेको छ।हिमालयन शेर्पालाई १-० ले पराजित गर्दा नवप्रवेशी क्लब केहि अफ भने देखिन्थ्यो अट्याकमा। गोलकिपर प्रिसोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। २० औँ‌ मिनेटमा आसिस चौधरीले गोल गरेका थिए तर दोश्रो हाफमा चर्च ब्वाईज डिफेन्सिभ बन्यो।

डिफेन्सका केहि एरर र मिडमा एरिकलाई छोड्ने हो भने चर्चको यो खेल एभरेज थियो। ४-३-३ मा सेटअप मिलाए पनि १ गोल गरिसकेपछि ४-४-२ मै काउन्टर कुरेर बस्यो। शेर्पाले एउटा ब्रेकअवे बलमा गल्ती गर्दा पुरै खेल दवाबमा बिताउनु पर्यो। सुरुवातमा ४-३-२-१ सेटमा प्रेस्टोनेलाई‌ सोलो राइड दिएको थियो तर सेकेन्ड बल जित्न कुनै खेलाडी सफल भएनन्। किनकि प्रेस्टोनेलाई एरिएल फ्रिडम थिएन डुअलको लागि टाल्लाले उनलाई मार्क गरिरहे।

सुसिल बारम्बार पोजेसन आउट भैरहेका थिए, आबोयामि फाकुन्ले फिजिकल्ली अफ हुँदा निशान ड्रप हुनु पर्यो जसले गर्दा फ्रन्ट थ्रिमा शेर्पा लिमिटेड बन्यो। पुरै सर्कल जोनमै बल खेल्यो स्क्वायर खेल्न कोर्डिनेसन मिलाएन। दोश्रो हाफमा केहि राम्रो खेल्यो तर फ्र्यान्कलिन् टा्लला र अनन्त रक सोलिड बन्दा चर्चले ३ अंक कन्फर्म गर्यो।

विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएर संकटाले पहिलो जित निकाल्यो। । तीन खेलमा चार अंक यो जितबाट सम्भव भयो। संकटाले यस अघि एउटा पनि गोल गर्न सकिरहेको थिएन। यहाँ। सल्यान खड्गीले गणेश हमाललाई सुरुवात गराउने स्मार्ट डिसिजन लिए। संकटाले राम्रो खेल्दाखेल्दै पनि गोल गर्न नसक्ने समस्या गणेशले हल गरे। ४-३-२-१ मा सुनिललाई लोड हुँदा र फिनिसिङ स्किल अलि कम हुँदा समस्या थियो तर ४-४-२ मा गणेशसँग खुलेर खेले सुनिलले। मनिष, सुरज, रोशन, आयुष अरु त के नै कमि छ र संकटासँग।

पुलिसको युवा टोली ३ खेल लगातार हार्दा मनोबलनै गुमाइरहेको छ। युवा प्रशिक्षक चेतन घिमिरेले कसरी यो टोलिमा आत्मबल थप्नेछन् हेर्नुपर्छ। अहिलेको‌ लागि भने यो स्क्वाड प्रयाप्त छैन समाधान बिदेशी खेलाडी हुन सक्छन्।

एपिएफ र जावलाखेलको खेल ड्रामाटिक रह्यो। तनावपूर्ण बनेको खेलको ६९ औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एपिएफका डिफेन्डर एडामा डोम्बियालाई पहेँलो कार्ड देखाएका थिए । तर उक्त निर्णयविरुद्ध एग्रेसिभ प्रोटेस्ट गरेपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाए। जुन सिजनको पहिलो रेडकार्ड हो।

१० खेलाडीमा समेटिदा पनि एपिएफको हार नमान्ने विभागिय संस्कार भने बाँकी नै थियो अन्तत उसले जावलाखेलको जोसिलो आक्रमणलाई शान्त राख्यो। यसखेलमा एउटै फ्याक्टर थियो फिजिकल। अनुभवी र बलिया शारीरिक क्षमता बोकेको एपिएफको अगाडि हिसुब, फोफाना जस्ता स्ट्राइकर चल्नै सकेनन्। राम्रो डिफेन्सिभ खेलको नमुना थियो यो खेल।

उता सातदोबाटो र फ्रेन्ड्सको खेलको कुरा गरेर साध्यै छैन। कहाँबाट सुरु गर्ने हरेक कुरा थियो यो खेलमा। बर्षाले प्रभावित पार्दा पहिलो हाफ अलि डल रहे पनि दोश्रो हाफमा सम्पुर्ण मनोरञ्जन थियो।

फ्रेन्डसले जारि लिगमा अहिलेसम्मकै राम्रो फुटबल खेल्यो। आक्रमणमा रफिक, मिडमा जेब्रिन, डिफेन्सीभ मिडमा उक्तामोभ र डिफेन्समा क्वान्साह गरि चारै लाइनमा बिदेशी खेलाडीले पर्फेक्सन दिए। एन्ड टु एन्ड ब्याटल।

सातदोबाटोका सर्बियन खेलाडी इभान मेरिच र फ्रेन्ड्सका उज्वेकिस्तानि उक्तमोभको फिजिकल ब्याटल हाइलाइटेड रह्यो। विलियम ओपोकु भर्सेज टोरिक जेबरिन हेर्दा आनन्द आयो। नेपाली खेलाडीहरु बिशेष गरि सातदोबाटोका पासाङ र एकराज फ्रेन्ड्सका असिमको सोलिडिटि गजब थियो। जहाँ गोलकिपरहरु पनि इफेक्टिभ सिनमा आए। यस खेलको सेकेन्ड हाफ यो सिजनकै बेस्ट डिक्लेयर गर्दा कुनै समस्या नहोला। क्लाइमेक्स पनि सानदार रह्यो।

सातदोबाटोको‌ लागि निरज चौधरीलाई बोलाउने निर्णय सहि साबित भयो बेस्ट बिटन बेटर भनेझै नेपाली फुटबलकै अहिले सर्वाधिक उच्च फर्ममा रहेका स्ट्राइकर दिपकराज सिंह ठकुरीले लेट विनर प्रहार गर्दा सातदोबाटो बिजेता बन्यो। र अपराजित यात्रामा बडिरहेको छ। फ्रेन्ड्ससँग पनि चान्स धेरै आयो लक्ष्मण रुचाल र रफिकले फितलो प्रहार गर्दा गोल हुन सकेन।

थर्ड राउन्डमा यदि कुनै खेलले निराश बनायो भने त्यो हो बहुप्रतिक्षित मानिएको मनाङ र मछिन्द्रको खेलले। जुन खेलले फर्स्ट हाफको अन्तिम ५ मिनेट र सेकेन्ड हाफको अन्तिम ५ मिनेटमा बाहेक अरु समय हाइ हाइ‌ मात्र गरायो। अल्छी लाग्ने खेल। जुन खेलमा कुनै इन्टेन्सन नै थिएन। यस्तो लाग्थ्यो दुबै टोली ड्रकै लागि आएका छन् ।

मनाङ ४-४-२ मा उत्रियो तर सँधै ४-३-३ मा आउने मछिन्द्र पनि ४-४-२ मै आयो। दुबै टोलीले उस्तै शैली अपनाउँदा मस्ट हाइ्प्ड म्याच गोललेस ड्रमा सकियो र दुवै टोलीका प्रशिक्षक खुसी थिए अंक बाँड्दा। बिमल फर्किनु र मनाङले आफ्ना पुर्व लिग विजेता अजिजलाई‌ घर फर्काउनु यस खेलका सम्झनलायक क्षेण थिए।

यो राउन्डमा मस्ट इन्टरटेनिङ खेल कुनै थियो भने त्यो हो आर्मी र एनआरटीको। नपत्याउने खोलाले बगाउँछ भन्ने उखान याद आउने यस खेलपुर्व सायदै कसैको अनुमान थियो होला कि लिग च्याम्पियन मछिन्द्रलाई हराएर आएको विभागिय आर्मी सबै खेल हारेर संघर्ष गरिरहेको एनआरटीसँग आच्छु आच्छु हुनेछ।

एनआरटीको खेलले राजुकाजी शाक्यको पुरानो मास्टरक्लासको झलक देखायो। ३-३ को हाइस्कोरिङ म्याचमा एकपछि अर्को रोमान्चकता‌ दिए दुबै टोलीले। सबै किसिमको गोल पेनाल्टी, सेटपिस, ओपन प्ले सबै।