images

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत बुधबार दुई खेलहरु हुन लागेको हो । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २: ३० बजे सुरु हुनेछ ।

आर्मी आज दोस्रो जितको खोजीमा हुनेछ । आर्मी ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

एपीएफ पनि दोस्रो जितको खोजीमा हुनेछ । एपीएफ ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

एनआरटी पहिलो जित निकाल्ने योजनामा रहेको छ । एनआरटी ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

मनाङ दोस्रो जितको खोजीमा हुनेछ । मनाङ ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।