images
images

‘ए’ डिभिजन लिगमा पाँचौँ चरणका खेल सुरु

काठमाडौं ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल सुरु भएका छन् ।

लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा भइरहेको छ ।

च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा भइरहेको छ भने एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब मैदान उत्रिएका छन् ।

चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । मच्छिन्द्र ४ खेलमा ४ अङ्कका साथ १२ औँ स्थानमा छ ।

यस्तै थ्री स्टार ४ खेलमा ७ अङ्कका साथ छैटौँ र समान खेलमा समान ७ अङ्क नै रहेको जावलाखेल चौथो स्थानमा छ ।