images
images
images

‘ए’ डिभिजन लिगमा पाँचौँ चरणका अन्तिम तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौँ चरणका तीन खेल हुने भएका छन्।

दिउँसो साढे २ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्दा च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्।

जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ।

रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एपीएफबीचको खेल साँझ ५: ३० बजे सुरु हुनेछ ।

मनाङ आज तेस्रो जितको योजनामा हुनेछ । मनाङ ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

एपीएफ पनि तेस्रो जितको योजनामा रहेको छ । एपीएफ ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS