images
images
images

थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा थ्री स्टार क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थ्री स्टारको जितका लागि दोस्रो हाफको ३७ मिनेटमा दिपेश गुरुङले निर्णायक गोल गरे । खेलमा थ्री स्टारका लोकेन लिम्बुले म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १११ रुपैयाँ र एउटा हेल्मेट पुरस्कार पाए । 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS