images
images

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान शितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहण लगत्तै यादवले उपराष्ट्रपति भवनमा गएर पदभार ग्रहण पनि ग्रहण गरेका छन् ।