images
images

प्रतितोला ७ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले मूल्य घटेको हो।

मूल्य घटेसंगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो। र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ। हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो।

महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो। जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS