images
images

साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालको हार

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ४-१ गोल अन्तरले हराएको हो ।

खेलको दशौँ मिनेटमा शिल्जी शाजीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिइन् ।

४० औं मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन ।

खेलको ४१ औं मिनेटमा पूजाले गोल गर्दा भारत पहिलो हाफमा ३-० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा वर्षा ओलीले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याईन् । तर, खेलको ८० औं मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को जित दिलाईन् ।

जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।