images
images

यू-१७ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज नेपाल र भुटान भिड्दै छन् ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे शुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।

भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।