images
images

थ्री नेसन्स कप फुटबलमा नेपाल र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल,भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस भिड्नेछन् । दुई टोलीबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।