images
images

नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार

काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो ।

भारत वरीयताको शीर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेका छन् ।