images
images

खेलाडीहरु अष्ट्रेलिया जाने क्रम बढ्दै, सुजल र रंजित अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर रंजित धिमाल अष्ट्रेलिया प्रस्थान गरेका छन् । 

मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुजल र डिफेन्डर रंजित बिहीबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सुजलले बिहीबार मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । 

सहिद स्मारक ए डिभिजन लिग चलिरहदा सुजल र रंजित अष्ट्रेलिया लागेका हुन् । दुबै जनाले लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल खेलेका थिए ।

मछिन्द्रलाई लगातार दुई पटक लिगको उपाधि दिलाउन दुबै खेलाडीको महत्वपूर्ण योगदान थियो ।

यस अघि सुनिल बल, विशाल राई सहित एक दर्जन बढी खेलाडी अष्ट्रेलिया गईसकेका छन् ।