images
images

ललितपुर मेयर्स कपमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित हात पारेको हो ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम, कोशी, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।