images
images

थ्री नेसन्स कप : भुटान र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।

गत चैत ८ गतेदेखि सुरु भएको थ्री नेसन्स कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । नेपालले लाओसलाई २–० ले पराजित गर्दै उद्घाटन खेलमा विजय हासिल गरिसकेको थियो भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडेनछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।