images
images

चीनद्वारा पाकिस्तानलाई २ अर्ब डलर सहयोग

एजेन्सी । चीनले आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ ।

चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हो । चीनले पाकिस्तानको संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।

ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको टाईम्स अफ इण्डियाले जनाएको छ ।

चीनको सहयोगले पाकिस्तानले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरेको छ । यद्यपी रकम र समयको भने टुंगो लागिसकेको छैन ।

अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ। आईएमएफको ऋण सहयोग आउनु अघि चीनले २ अर्ब डलर सहयोग गरेको हो ।