images
images

साफ यू-१७ : नेपाल र रसिया भिड्दै

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज आइतबार रसियाको सामना गर्दैछ ।

बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र रसियाबीचको खेल राति ७ बजे शुरु हुनेछ ।

नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।

रसिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।