images
images

‘ए’ डिभिजन लिग : मनाङले फ्रेन्ड्सलाई २-० गोल अन्तरले हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको छ ।

च्यासल मैदानमा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्ड्समाथि सहज जित निकालेको हो । मनाङका लागि खेलको ३४ औं मिनेटमा कोफी टिमोथी कुदोले दुई गोल गरे । कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए । जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङको यो चौंथो जित हो । मनाङले ६ खेलमा १४ अंक जोडेको छ ।

फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।