ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जना संक्रमणमुक्त

थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जना संक्रमणमुक्त

स्पेस संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९७ जनाको पीसीआर र १२२७ जनाको एन्टीजेन विधिबाट १ हजार ४२४ जनाको नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६८ जना संक्रमणमुक्त भएका छन् । हाल ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।