images

‘ए’ डिभिजन लिग : मछिन्द्र र न्युरोड टिम एनआरटी १-१ गोलको बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्रले न्युरोड टिम एनआरटीसँग १(१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा मछिन्द्र बराबरीमा रोकिएको हो ।

मछिन्द्रका लागि ओमालाजा नुरेन करिमले गोल गरेका थिए ।खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

निकोलस सङले उपलब्ध गराएको पासमा जुनियरले उत्कृष्ट गोल गरे । त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई सदुपयोग गर्न सकेनन् ।