ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

स्पेस संवाददाता

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।