ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

महिला विश्वकपमा आज चार खेल हुँदै

महिला विश्वकपमा आज चार खेल हुँदै

स्पेस संवाददाता

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् ।

आज दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दैछन् ।

आजको पहिलो खेलमा बिहान सवा १० बजदेखि समूह ‘एच’ का दक्षिण कोरिया र मोरक्कोबीच खेल जारी छ । त्यस्तै, समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने १ बजे खेल्नेछन् । अर्को खेलमा समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

हिजो भएका खेलमा स्विडेनले इटालीलाई ५–० गोलले, फ्रान्सले ब्राजिललाई २–१ गोलले र जमैकाले पानामालाई १–० गोलले हरायो । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।