images
images

युनाइटेडलाई १–० ले पराजित गर्दै सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा म्यानचेष्टर सिटिले न्युक्यासल युनाईटेडमाथि जित निकालेको छ।

सिटिले न्युक्यासललाई १–० गोलले पराजित गरेको हो ।

सिटिको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटिका लागि जुनियर अल्भारेजले निर्णायक गोल गरेका हुन् ।

खेलको ३१ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटिलाई जित दिलाए ।

जितसँगै सिटि दुई खेलमा ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।