images
images
images

भक्तपुरको बालसुधार गृह तोडफोड गरेर बालबालिका भागे

काठमाडौं । भक्तपुरको बालसुधार गृहबाट बालबालिका भागेका छन् । सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर बालबालिका भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन्।

फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक ९एसपी० वसन्त पाठकले जानकारी दिए ।
सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको जनाइएको छ ।

फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS