images
images

मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने फुटबल टोलीको बिदाई

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली फुटबल टोलीको विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार एक कार्यक्रम गरी नेपाली टोलिको बिदाई गरेको हो ।

खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आईतवार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । बिदाई कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपालको राष्ट्रिय टिममा पर्न सफल खेलाडीलाई बधाइ दिँदै आफ्नो कौसल प्रस्तुत गर्न शुभकामना दिए ।

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ ।