images
images

नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदै

काठमाडौं । एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज मध्यान्ह काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल क्रिकेट संघ ( क्यान ) का अनुसार टोली आज मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाल आईपुग्नेछ । एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो । कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो ।

नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो ।