images
images

एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल हुँदै

काठमाडौं । एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

एसिया कपमा सहभागी ६ टोलीमध्ये नेपाल र अफगानिस्तान समूह चरणबाट बाहिरिएका छन् ।