images

६१ किलो सुन तस्करी प्रकरण : एक भन्सार अधिकृत र दुई नायब सुब्बा पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् ।

भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई शनिबार पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए । योसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।

गएको साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।