images

सामाजिक सञ्जालको दुरुपयोग बढेपछि नियमन गर्ने कानुन ल्याउँदै सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालमा हुने दुरुपयोगबाट पैदा भएको समस्याका सम्बन्धमा सरकार गम्भीर रहेको बताएकी छन् ।

बुधवार मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने कानुन निर्माणको प्रक्रियामा रहेको बताइन् ।

“सरकारले कानुनलाई टेकेर मात्रै काम गर्नुपर्ने हुन्छ, हामी तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा छौँ ।” उनले भनिन् ।

यससम्बन्धी निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको र आउने मन्त्रिपरिषद् बैठकबाट पारित गरिने पनि मन्त्री शर्माले बताइन् ।

नेपालगञ्जमा सामाजिक सञ्चालको दुरुपयाेग गर्दा हिन्दु मुस्लिम द्वन्द निम्तिएको सरोकारवालको निष्कर्श पछि सरकारले कानुन निर्माण गरेरै सामाजिक सद्भाव कायम गर्न खोजेको हो । नेपालगञ्जमा  हिंसात्मक गतिविधि हुन नदिन सरकारले कर्फ्यू नै लगाएको छ ।