ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

आपसी सद्भाव कायम गर्न एमाले अध्यक्ष ओलीको आग्रह

आपसी सद्भाव कायम गर्न एमाले अध्यक्ष ओलीको आग्रह


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन् ।

साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय एकता अक्षुण्ण राख्न आग्रह गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।”