images

विश्वकप क्रिकेट सुरु, न्यूजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो, इंग्ल्यान्ड ब्याटिङमा

काठमाडौं । भारतका विभिन्न १० सहरमा हुने यसवर्षको एक दिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिडिरहेका छन् ।

उक्त खेल संसारकै सबैभन्दा ठूलो मानिएको अहमदावस्थित नरेन्द्र मोदी किक्रेट स्टेडियममा भइरहेको छ । खेलमा साविक बिजेता इंग्ल्यान्डले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ ।

इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदानमा उत्रेको छ भने न्यूजील्यान्ड केन विलियमसनको कप्तानीमा मैदानमा उत्रेको छ। दुबै टोली विश्वकपका बलियो दाबेदार हुन् ।

१० राष्ट्र सहभागी सन् २०२३ को विश्वकपको आयोजक भारत हो। आयोजक भारतले अक्टुबर ८ मा आफ्नो पहिलो खेल अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

प्रतियोगितामा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, भारत, इंग्ल्याड, नेदरल्याड्स, न्यूजिल्याड ,पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० टोली सहभागी छन्। प्रतियोगिता आगामी मंसिर ३ गतेसम्म चल्ने छ ।