खोटाङ । खोटाङको दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ अन्तर्गत शुक्रबार किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर धार्मिक तथा पर्यटकीयस्थलहरुको चित्र कोरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार खोटाङ आएका छन् ।