images

सच्चिन नसक्ने हो भने प्रचण्डले राजिनामा दिएर कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको भन्दै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने बताएका हुन् ।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए ।

उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए ।

नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने ।

प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ ।

राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले धारणा राखे ।