images

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा मुलुकको समसामयिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

कांग्रेस संसदीय दलले सोमवार एक विज्ञप्ति जारी गर्दै बैठकमा मुलुकको समसामयिक अवस्थाका साथै गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिए ।

इजरायलमा हमासले आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना वपेत्ता छन् ।

त्याहाँ रहेका नेपालीहरु अहिलेपनि बंकर भित्रै रहेका छन् । उनीहरुले छिटो उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहेका छन् ।