images

टाट पल्टिएकै हो सरकार ? तलव खुवाउन नसकेर वीरका कर्मचारी कटौती गरेको स्वास्थ्यमन्त्रीको खुलासा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसक्ने अवस्था आएपछि वीर अस्पतालका कर्मचारी हटाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका करारका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको बताएका हुन् ।

‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’

वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो । यसले अस्पतालको सेवा प्रवाह भने प्रभावित भएको छ ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS