images

भारतसहित ६ देशका २०० होटललाई पछि पार्दै नेपाली होटलले जित्यो ‘साउथ एसियन ट्राभल अवार्ड’

नेपालगञ्ज । सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित सिद्धार्थ होटेल नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड, २०२३’ बाट सम्मानित भएको छ ।

नेपाल, भारत, बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूबीच भएको प्रतिस्पर्धाबाट मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा सिद्धार्थ होटलले अवार्ड जितेको हो ।

नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ ।

होटलका तर्फबाट सो अवार्ड ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर नृर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले संयुक्त रुपमा अबार्ड ग्रहण गरेका थिए ।