images
images

लक्ष्मी सनराइज बैंकको दसैं अफर : खानपिन, घुमघाम, सपिङ र रमाइलोमा २ हजार २०० सम्म क्यास ब्याक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गरी ‘दशैं आयो’ योजना सार्वजनिक गरेको छ । दशैं लगायतका पर्वलाई अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ ।

१८ असोजदेखि ३० कात्तिकसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, सपिङ तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकको भनाइ छ ।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश: २५० र ५०० रूपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर १८ असोजदेखि ९ कात्तिकसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा २८ असोजदेखि १२ कात्तिकसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रूपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने छ।

अर्को अफर ‘सपिङ गरौंला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना २७ असोजदेखि ३ कात्तिकसम्म लागू रहनेछ।

त्यसै गरी, ‘रमाइलो गरौंला’ अफर अन्तर्गत क्यूएफएक्स सिनेमाहलमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट / क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रूपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

क्यासब्याक अफरहरु बाहेक २५ असोजदेखि २५ कात्तिकसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रूपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS