images
images

नेपालगञ्जमा आगलागी हुँदा सात वटा पसलमा क्षति, ‘चार दमकलले २ घण्टा लगाएर निभाए’

बाँके । नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा शुक्रवार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगो नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए ।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । रासस

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS