images

पोर्चुगल ३ खेल अगावै युरोकपमा, छनोटका सबै खेलमा विजयी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल ३ खेल अगावै युरोकपमा छनोट भएको छ ।

छनोट चरणका सबै खेल जित्ने क्रममा रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले खेलमा स्लोभाकियालाई ३-२ ले पराजित गरेको हो ।

समूह जी मा सबै ७ खेल जित्दै २१ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ३ खेल खेल्न बाँकी छ ।

फ्रान्स र बेल्जियम पनि छनोट

फ्रान्स र बेल्जियम पनि अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् ।

केलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै युरो कपमा स्थान पक्का गर्दा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो । जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ ।
अष्ट्रियाले भने अन्तिम खेलमा अजरबैजानलाई हराउन सके युरो कपमा छनोट हुनेछ ।