images
images

१० लाख मानिस बसिरहेको गाजा शहर खाली गर्न इजरायली सेनाको निर्देशन, ‘दोस्रो विपत्तिको चेतावनी’

वासिङ्टन । इजरायली सेनाले उत्तरी गाजाबाट १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि अमेरिकाले यसलाई ‘कठिन’ आदेश भएको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सीएनएनसँग भने, “उनीहरूले के गर्न खोजेका छन् भन्ने कुरा सबैले बुझेको कुरा हो । उनीहरूले सर्वसाधारणलाई हानिबाट जोगाउन खोजिरहेका छन् ।”

“यो एक आवश्यक तर पालना गर्न निकै कठिन आदेश हो । उत्तरी गाजामा १० लाख मान्छे छन्, र यो धेरै घना शहरी वस्ती हो । साथै, यो पहिले नै एक युद्ध क्षेत्र पनि हो । त्यसैले कसैले पनि त्यो निकासीलाई प्रभाव पार्ने चुनौतीलाई कम आँकिरहेको छ जस्तो मलाई लाग्दैन ।”

गाजामा ‘दोस्रो विपत्ति’ आउने चेतावनी

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायली सेनाले उत्तरी गाजामा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएपछि प्यालेस्टिनीहरूले ‘दोस्रो नक्बा’ (विपत्ति) को सामना गर्न सक्ने चेतावनी दिएका छन् ।

गाजा पट्टीबाट प्यालेस्टिनी नागरिकको विस्थापनलाई पूर्ण रूपमा अस्वीकार गर्दै वस्ती खाली गर्नु प्यालेष्टिनी नागरिकको लागि दोस्रो नक्बा जस्तै हुने अब्बासले भनेका छन् ।

सन् १९४८ मा इजरायलको स्थापनासँगै भएको युद्धको दौडान भागेका वा घरबाट निष्कासित गरिएका लगभग सात लाख ६० हजार प्यालेस्टिनीहरूको दुःखलाई ‘पहिलो नक्बा’का रूपमा उनीहरूले लिने गर्छन् ।

इजरायली सेनाले गाजापट्टीमा करिब ११ लाख मानिसको बसोबास रहेको उत्तरबाट भाग्न चेतावनी दिँदै पर्चा खसालेपछि उहाँले यस्तो टिप्पणी गरेका हुन् ।

अब्बासको प्यालेस्टिनी केन्द्रीय प्रशासन कब्जा गरिएको पश्चिम किनाराको रामल्लाहमा बसेको छ र गाजामा शासन गर्ने लडाकू समूह हमासबाट विभाजित छ ।

इजरायली सेनाले शनिबारदेखि गाजामा हजारौं हवाई आक्रमण गरेको छ जसमा एक हजार ५३० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाका अनुसार हमासका लडाकूहरूले सीमापार गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएपछि यो आक्रमण गरिएको हो । एजेन्सी

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS