images
images

बालबालिकाका संस्थालाई लक्ष्मी सनराइज बैंकको सहयोग, दसैंमा ४०० बालबालिकाले नयाँ लुगा र खाद्यान्न पाउने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गरेको छ ।

४०० जनाभन्दा बढी बालबालिकाहरु लाभान्वित हुने गरी ती संघसंस्थाहरुलाई खाद्यान्न लगायत अन्य आवश्यक सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको छ ।

यसैगरी बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेन्बो चिल्ड्रेन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेन्स हेभन लगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS