
काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको शुक्रबार बिहान सांघाईमा निधन भएको छ। लीको हृदयाघातका कारण निधन भएको हो ।
पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार हृदयाघात भएको थियो ।
सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।
उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।