images

यो वर्षको शरद ऋतुमा कहाँ कहाँ बढ्यो पर्यटकीय चहलपहल ?

काठमाडौं । यो वर्षको शरद ऋतु (असोज र कात्तिक महिना)मा देशभरका अधिकांस धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको पाइएको छ ।

विदेशी तथा पछिल्लो समय स्वदेशी पर्यटकको समेत रोजाइमा पर्दै आएको मनाङ, मुस्ताङ, पोखरा, बन्दीपुर, ढोरपाटन लगायतका गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ ।

कर्णाली प्रदेशमा रारा, सुदूरपश्चिम प्रदेशमा खप्तड, बडिमालिका, लुम्बिनी प्रदेशमा लुम्बिनी, मधेस प्रदेशमा जनकपुर धाम, गढीमाइ, बागमती प्रदेशमा काठमाडौं, चितवन र कोशी प्रदेशमा पाथीभरा देवी मन्दिर क्षेत्रमा धार्मिक तथा अन्य पर्यटकको घुइँचो लागेको छ ।

घुम्न आएका पाहुनाले यी क्षेत्रमा होटल तथा लज भरिभराउ भएका छन् ।

शरद ऋतुमा मौसम धेरै चिसो नहुने र वर्षात पनि सकिएको हुनाले पर्यटकीय हिसाबले यो मौसमलाई निकै आकर्षक मानिन्छ । राससको सहयोगमा