images

एमालेको चियापान कार्यक्रम आज, सबै भातृ संगठनका नेता/कार्यकर्तालाई निम्तो

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको थियो ।

चियापान कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ ।