images

संसदको चालु अधिवेशन बिहीबारदेखि अन्त्य हुँदै

काठमाडौं । संसदको चालु अधिवेशन बिहीबार अन्त्य गर्ने तयारी गरिएको छ ।

बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको हो ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्न लागिएको हो ।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल अनुसार बिहीवारदेखि संसद अधिवेशन अन्त्य गर्न लागिएको सांसदहरुले बताएका छन् ।