
काठमाडौँ। कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भूकम्प जाँदा कम्तिमा १४० जनाको मृत्यु भएको छ ।
रुकुमको आठविसकोटमा ३६ र जाजरकोटमा ९२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
भूकम्पमा परि घाइते भएकाहरुको उद्वार र उपचारमा कठिनाइ भइरहेको छ । जिल्ला अस्पतालमा घाइते राख्ने ठाउँको अभाव छ भने, जिल्ला बाहिर लैजान सडक भासिएका छन् ।