images

भूकम्प प्रभावित जाजरकोट र रुकुममा यसरी गरिरहेको छ नेपाली सेनाले उद्वार

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाका विभिन्न टोलीले काम गरिरहेको छन् ।

दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिनुका साथै मेडिकल टिम पनि परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ भने १४० जना घाइते छन् ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको छ । काठमाडौँबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ ।

सेनाका अनुसार प्रभावित क्षेत्रमा १६ जनाको मेडिकल टिम घटनास्थलमा घाइतेको उपचारमा खटिएका छ ।