images

सबै जिल्लाको चियापान कार्यक्रम स्थगित गर्न एमालेको निर्देशन

काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा विभिन्न जिल्लामा राखिएको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गर्न नेकपा एमालेले निर्देशन दिएको छ ।

राहत र उद्धारको काममा केन्द्रित हुनुपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको एमालेले बताएको छ ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न पनि आग्रह गरेको छ । रासस